बंगलादेशलाई हराउँदै भारतले जितयो यू–१७ साफको उपाधि

30 Sep, 2024
Share:
117 Shares

भुटानमा आज सकिएको यू–१७ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। सोमबार साँझ भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा भएको खेलमा बंगलादेशलाई २–०ले हराउँदै भारतले उपाधि जितेको हो।

भारतलाई जित दिलाउन मोहम्मद कैफ र मोहम्मद अर्बासले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८औं मिनेटमा कैफको गोलमा भातरले अग्रता लियो। त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा अर्बासले गोल गरेपछि भारत २–०ले विजयी भया।

भारतले लागतार दोस्रो पटक उपाधि जितेको हो। बंगलादेशमै भएको अघिल्लो संस्करणको फाइनलमा भारतले नेपालालाई हराएको थियो।

भारत नेपाललाई ४–२ र बंगलादेश पाकिस्तानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेका थिए।