यू-१७ महिला साफमा नेपाल बंगलादेशसँग पराजित, उपाधि सम्भावना सकियो

27 Aug, 2025

भुटानमा जारी यू–१७ महिला साफमा नेपालको उपाधि सम्भावना समाप्त भएको छ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशसँग ४–१को फराकिलो अन्तरले पराजित भएसँगै नेपालको उपाधि सम्भावना सकिएको हो।

चार टिम सहभागी डलब राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा ४ खेल खेल्दा नेपालले १ जित मात्र निकाल्न सकेको छ। यसअघि बंगलादेश र भारतसँग पराजित भएको नेपालले भुटानलाई हराएको थियो।

नेपालविरुद्ध सानदार जित दिलाउने क्रममा बंगलादेशकी सोरभी अखण्ड प्रीतिले ह्‍याट्रिक गरिन्। खेलमा पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल भएको थियो।

३८औं मिनेटमा सुरुआती अग्रता लिएको बंगलादेशले र ४५औं मिनेटमा अग्रता दोब्बर बनायो। इन्जुरी समयमा गोल गर्दै नेपालले खेलमा फर्कन सम्भावना देखाएको थियो।

तर, दोस्रो हाफमा पनि बंगलादेश हावी भयो। उसले ७३औं र ८७औं मिनेटमा गोल थप्दै नेपालविरुद्ध ४–१को सहज जित निकाल्यो। यो जितले उसको उपाधि सम्भावना कायमै राखेको छ। ४ खेलमा उसको यो तेस्रो जित हो। ऊ भारतसँग मात्र पराजित छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]