नेपाली यू-१९ टिमले विरगञ्जमा दिल्लीको यू-१९ टिमसँग सिरिज खेल्ने

22 Mar, 2025
Share:
117 Shares

नेपाली यु–१९ क्रिकेट टोलीले भारतको दिल्ली यू–१९ सँग सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो।

सिरिज पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा चैत १२ देखि १६ गतेसम्म हुनेछ। खेल ५० ओभरको हुनेछ।

पहिलो खेल चैत १२ मा हुनेछ भने दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ।

दिल्ली यु–१९ सँगको सिरिज लगत्तै नेपाली टिमले मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानको यू–१९ टिमसँग पनि तीन खेलको सिरिज खेल्ने छ।

विश्वकप छनोटको तयारीका लागि क्यानले १ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ। बन्द प्रशिक्षणबाट क्यानले अघिल्लो साता नरेन भट्टको कप्तानीाम १८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको थियो।

दिल्ली यू–१९ र अफगानिस्तानको यू–१९ सँगको सिरिजपछि क्यानले १५ सदस्यीय टिम घोषणा गर्नेछ। टिमलाई शक्ति गौचनले प्रशिक्षण गराइरहेका छन्।