भलिबल खेलाडी उषा भण्डारी सम्मानित

26 Nov, 2024

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले सम्मान गरेको छ।

सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी गराइन्।

नेपाली भलिबल र समग्र खेलकुदलाई उचाईमा पुर्याउन भूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापक निलम बानिया बडुले बताइन्।

‘भलिबल मात्रै हैन नेपाली खेलकुदलाई प्रवद्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ। उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौं,’ उनले भनिन्।

हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेलिरहेकी छिन्। स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन्। उनले स्कुलबाट सम्मान पाउनु खेलाडीको लागि खुसीको क्षण रहेको बताइन्।

‘आधुनिक शैक्षिक क्षेत्रमा फरक परिचान बनाएको स्कुलले खेलकुद विकासमा पनि ठूलो योगदान गरिरहेको छ। यसबाट प्रभावित भए। मलाई विश्वास गरेर सम्मान गर्नुभएकोमा खुसी छु,’ उषाले भनिन्।

स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुद कार्यक्रम पनि सोमबार नै सम्पन्न गरेको छ । एकसाता चलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कवड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङ लगयात विभिन्न १९ खेल समावेश थियो। प्रमुख अतिथि रहेकी भलिबल स्टार उषाले नै विजेता खेलाडीलाई पुरस्कृत गरेकी थिइन्।