विम्बल्डनको उपाधिका लागि अल्कारेज र जोकोभिच भिड्दै

13 Jul, 2024

डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजले विम्बल्डन २०२४ को पुरुष फाइनलमा सात पल्टका विजेता नोभाक जोकोभिचको सामना गर्ने भएको छ। शुक्रबारको पहिलो सेमिफाइनलमा अल्कारेजले ड्यानिल मेडभेडेभलाई ६–७, ६–३, ६–४ र ६–४ ले पराजित गरे।

गत महिना फ्रेन्च ओपन जितेका अल्कारेजले सुस्त सुरुआतपछि खेल आफ्नो पकडमा लिएका थिए। अब जोकोभिचसामु गत वर्ष फाइनलमा अल्कारेजविरुद्ध बेहोरेको हारको बदला लिने अवसर हुनेछ।

जोकोभिचले भने दोस्रो सेमिफाइनलमा लोरेन्जो मुसेटीलाई ६–४, ७–६ र ६–४ को सोझो सेटले हराए। सन् २०१४ पछि विम्बल्डनमा पहिलो पटक लगातार दोस्रो वर्ष समान प्रतिद्वन्द्वी फाइनलमा भिड्न लागेका हुन्। जोकोभिच विम्बल्डनको फाइनल पुगेको भने यो दसौं पल्ट हो।

स्पेनका अल्काराजले दुई महिनाअघि मात्र आफ्नो २१ औं जन्मदिन मनाएका थिए र लगातार दोस्रो विम्बल्डन र चौथो ग्रान्डस्लाम उपाधि जित्नबाट मात्र एक कदम टाढा छन्।
कार्लोस अल्काराज र नोभाक जोकोभिचबीचको विम्बल्डन २०२४ को फाइनल जुलाई १४ मा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]