अर्को वर्ष हुने एसिससी महिला एसियन कपको छनोटमा नेपाल समूह एफमा परेको छ।
बिहीबार मलेसियामा भएको ड्र अनुसार नेपाल रहको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन्। यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ।
नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको यात्रा थालनी गर्नेछ। यस्तै, जुलाई २मा श्रीलंका र जुलाई ५मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ।
यो समूहमा आयोजक उज्वेकिस्तान सबैभन्दा बलियो टिम हो। यो समूहमा नेपालले श्रीलंकासँग सबैभन्दा धेरै ७ पटक खेलेको छ भने उज्वेकिस्तानसँग ३ पटक खेलेको छ। श्रीलंकासँगका सातै खेल जितेको नेपाल उज्वेकितानसँग भने तीनै खेलमा पराजित छ।
यता, लाओस भने नेपलाका लागि नयाँ प्रतिद्वन्द्वी हो। फिफा वरियतामा उज्वेकिस्तान ५०औं स्थानमा छ भने नेपाल ९९औं, १०७औ र श्रीलंका १५८औं स्थानमा छ।
छनोटमा सहभागी ३४ टिमलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष टिम अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछन्।
एसिया कपमा कुल १२ टिम छनोट हुनेछ। ८ टिम छनोटबाट आउँदा आयोजक अस्ट्रेलियासँगै जापान, दक्षिण कोरिया र चीनले सिधै एसिया कप खेल्ने छन्।