भेट्रान स्ट्राइकर मार्टा चम्किँदा ब्राजिलले नवौं पटक जित्यो महिला कोपा अमेरिका उपाधि

4 Aug, 2025

ब्राजिलले नवौं पटक महिला कोपा अमेरिकको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा भेट्रान स्ट्राइकर मार्टा चम्किएपछि कोलम्बियालाई हराउँदै ब्राजिलले नवौं पटक कोपा अमेरिका उपाधि जितेको हो।

ब्राजिलले फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो। निर्धारित सयमको खेल ३–३ को बराबरीमा सकिएको थियो भने थप गरिएको ३० मिनेटको समयमा दुवै टिमबाट थप १ गोल भएको थियो।

त्यसपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा ब्राजिलका लुआनी, जोन्सन, मारिजा, अमान्डा गुटिरेस र ट्रासिअनीले गोल गरेका थिए। यता, इन्जुरी समय र थप गरिएको समयमा गोल गर्दै ब्राजिलललाई हारबाट जोगाएकी मार्टा र एन्जेलीना भने गोल गर्न असफ भएका थिए।

कोलम्बियाका लागि वेन्डी बोनिला, लिन्डा काइसेडो, मार्सेला सेस्ट्रेपो र काटालिना उस्मीले गोल गर्दा जोरेलिन काराबाली, लेसी सान्तोस र म्यानुअल पावी गोल गर्न असफल भएका थिए।

त्यसअघि २५ मिनेटमा काइसेडोको गोला कोलम्बियाले खेलमा अग्रता लियो। इन्जुरी समयको नवौं मिनेटमा एन्जेलिनाले पेनाल्टीमा ब्राजिलका लागि बराबरी गोल फर्काइन्। त्यसपछि ट्रासियनले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा कोलम्बियाले पुनः अग्रता लियो। ८० औं मिनेटमा गुइटेरेसले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याइन्।

त्यसपछि ८८औं मिनेटमा मार्या रोमिरेजले गोल गरेपछि खेलमा कोलम्बियाले ३–२को अग्रता लियो। तर, इन्जुरी समयको छैठौं मिनेटमा भेट्रान मार्टाले गोल गर्दै ब्राजिलको हार टारिन्।

निर्धारित समयको खेल ३–३को बराबरीमा सकियो। त्यसपछि थप गरिएको ३० मिनेटको समयको १५औं मिनेटमा मार्टाले नै गोल गरेपछि ब्राजिले खेलमा ४–३को अग्रता लियो। तर, २५औं मिनेटमा सान्तोसले गोल गर्दै खेललाई ४–४को अवस्थामा ल्याइन्। त्यसपछि थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]