फेका कप बिहीबारदेखि

5 Dec, 2023

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका)को आयोजनामा १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

प्रतियोगितामा २४ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन्

शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ का साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फर्वाड र प्रशिक्षकलाई ट्रफी प्रदान गरिने छ।

पुस १ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मूलपानी चौर खेल मैदानमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]