महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टिमको घोषणा

24 Sep, 2024

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टिमको घोषणा गरेको छ। एन्फाले मंगलबार साफ च्याम्पियनसिपको तयारीका ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा महिला लिगमा गरेको प्रदर्शनमा आधारमा टिम छनोटका गरेका हुन्।

घरेलु मैदानमा अक्टोबर १७–३० सम्म हुने प्रतियोतिगामा नेपाल समूह एमा श्रीलंका, माल्दिभ्स र भुटानसँगै छ। नेपाल साविक उपविजेता हो।

नेपाली टिम : एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता के।सी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन ।