महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा

4 Jul, 2025

पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो।

स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ। शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन्।

कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ शिर्षस्थान हासिल ग¥यो । स्याङ्जा २ जित १ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ नवलपुर तेस्रो र ३ खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अंकका साथ पर्वत पुछारमा रह्यो।

स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। ५७ रनको सामान्य लक्ष्य पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिँदै आउट हुन पुगे। सलिनाले २३ बलमा २ चौका प्रहार गर्दैै २३ रन र श्रेयाले २८ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडिन्। ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शुन्यमा नटआउट रहिन्।

नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो। नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन्। उनले ३२ बलमा २ चौकाको मद्धतमा १७ रन बनाइन्।

मोनिका लामिछाने ६, पुर्णिमा सुनार शुन्य, श्रेया गिरी १, निहारिका शर्मा शुन्य, श्रेया शर्मा ७, आयुषा चापागाईँ २, यमुना पंगेनी शुन्य, लिजा गुरुङ ४ र वर्षा सुनार शुन्यमै आउट भइन् । निकिता कुँवर शुन्यमा नटआउट रहिन्।

स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २/२ विकेट लिइन्।

यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो। पर्वतले १०.१ ओभरमा २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन्।

एन्जल अधिकारी शुन्य, दिपिका सापकोटा ५, सुशिला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा खड्का १, कृषा अखेली ४, योगिता केसी शुन्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्य र विपिशा विक शुन्यमा आउट भए। एन्जल परियार शुन्यमा नटआउट रहिन्।

कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १/१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन्। उनले ५३ बलमा ३ चौका प्रहार गरिन् भने विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन्।

पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशिला भट्टराईले समान १÷१ विकेट लिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]