नेपालले लिग २ को दोस्रो सिरिज मार्चमा खेल्ने

Read Time:2 Minute

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज नेपालले सन् २०२१ को मार्चमा खेल्ने भएको छ । नेपालले आगमी मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा ओमान र अमेरिकाविरुद्ध लिग २ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्ने छ ।

नेपालले पहिलो सिरिज त्रिवि मैदानमा ओमान र अमेरिकासँगै खेलेको थियो । नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा भएको सो सिरिजमा नेपालले दुई खेल जित्दा दुईमा हार बेहोरेको थियो । नेपालले अमेरिकाविरुद्ध दुवै खेलमा जित निकाल्दा ओमानसँग दुवै खेल हारेको थियो।

कोरोना महामारीका कारण स्थगित भएको विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजको आईसीसीले नयाँ खेल तालिका प्रकाशित गरेको हो । नेपालले ओमान र अमेरिका पछि जुलाई स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्ने छ। यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग सिरिज खेल्नेछ । नेपालले सन् २०२२ मार्चमा नामिविया भ्रमण गर्नेछ जहाँ स्कटल्याण्डसहित सिरिज हुनेछ ।

सन् २०२२ को जुलाईमा नेपाल र ओमानले अमेरिकामा अर्को सिरिज खेल्नेछ । यस्तै सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पीएनजीमा नेपालले खेल्नेछ । सन् २०२३ म नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज घरेलु मैदानमा खेल्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिज नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा खेल्नेछ । जहाँ नेपालले पीएनजी र युएईसँग खेल्नेछ ।

लिग २ को सिरिजहरूपछि शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकपको मुख्य छनोटको लागि स्थान बनाउने छन् । विश्वकपको लागि अन्तिम छनोट २०२३ जुन १८ देखि जुलाइ ९ सम्म जिम्बावेमा हुने आईसीसीले जनाएको छ । जहाँ१० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टिम विश्वकपमा पुग्नेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा, मयंक, आविश्न, उमेश र पृथ्वीलाई मौका
Next post वाटमोर बने नेपाली क्रिकेट टिमका
Close