च्याम्पियन जनकपुरको नयाँ जर्सी सार्वजनिक

4 Nov, 2025

नेपाल प्रिमियर लिग (एनपीएल) डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

जनकपुरले सामाजिक सञ्जालमार्फत नयाँ जर्सी सार्वजनिक गरेको हो।

जर्सीमा पिंक र गाढा ब्लु रङ प्रयोग गरिएको छ। पहिलो संस्करणको जर्सीमा उसले केही सामान्य परिवर्तन मात्र गरेको छ।

दोस्रो संस्करणको नेपाल प्रियिमर लिग मंसिर १ गतेबाट सुरु हुँदै छ।

च्याम्पियन जनकपुरले दोस्रो संस्करणका लागि लाहिरु मिलान्थालाई पुनः ल्ययाएको छ भने दक्षिण अफ्रिकी अलराउन्डर वायन पार्नेललाई पनि भित्र्याएको छ।

उसले जिमी निसमलाई पनि ल्याउन चाहे पनि आईसिसीको नियमका अनुसार उनी भने यो सिजन जनकपुरको टिममा हुने छैनन्। आईसिसीलले एनपिएलमा टेस्ट राष्ट्रका टिममा रहेका ४ खेलाडी ल्याउन मात्र अनुमति दिएयको छ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा अनिल साह, ललित राजवंशी, किशोर महतो, मयन यादव, शुभ कंशकार, तुल थापामगर, रुपेश सिंह, आदित्य महता, सचिन भट्ट र विशाल अग्री छन्।

जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्वस्टार क्रिकेटर शिवनराइन चन्द्रपउललाई ल्याएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]