एनपिएलको उद्घाटन खेलमा जनकपुर र काठमाडौं भीड्दै

17 Nov, 2025

नेपाल प्रियिमर लिग (एनपिएल)को दोस्रो आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामाना गर्दैछ।

यो खेल अपरान्ह ४ बजे कीर्तिपुरस्थित टियू स्टेडियमा हुँदैछ। यो खेल नेपाली क्रिकेटको ऐतिहासिक खेल हुनेछ। किनभने नेपाल प्यारापिटसहितको स्टेडियमा फ्लडलाइटमा खेलिने यो पहिलो खेल हुनेछ। यसले नेपाली क्रिकेट समर्थक उत्साहित छन्।

सुदूश्चिम रोयल्सलाई हराउँदै पहिलो सिजनको उपाधि जितेको जनकपुर जितका साथ उपाधि रक्षाको यात्रा थालनी गर्ने दाउमा छ। उसलाई मोन्टी देसाईको नेतृत्वमा रहेको फेरिएको काठमाडौंले ठक्कर दिनेछ। अघिल्लो सिजन खराब प्रदर्शन गरेको काठमाडौं पनि पहिलो खेलमै जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ।

जनकपुरले दोस्रो संस्करणका लागि दक्षिण अफ्रिकाका दुई पूर्वस्टार खेलाडीहरू इनराम ताहिर र वायन पार्नेललाई अनुबन्धन गरेको छ। यस्तै, उसले अघिल्लो सिजन ेखलेका लहिरु मिलन्था, सञ्जय कृष्णमुर्ती, जोन निकोल लफ्टी इटोन, श्रीलंक खेलाडीद्वय लहिरु समरकुन र संगिज कोरीलाई अनुबन्धन गरेको छ।

उद्घाटन खेलमा लहिरु मिलन्था, लोफ्टी इटोन, वायन पार्नेल र सञ्जय कृष्णमूर्तिले प्लेइङ ११ मा स्थान बनाउन सक्ने छन्। तहिर नेपाल आइपुगिसकेका छैनन्। नेपाली खेलाडीहरुमा अनिल साह, आसिफ सेख, शुभ कंशकार, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, मयन यादवले प्लेइङ सेटमा स्थान बनाउन सक्नेछन्।

जनकपुरले यो सिजनका लागि वेस्टइन्डिजका शिवनारयण चन्द्रपाउललाई मुख्य प्रशिक्षक बनाएको छ।

यता, अघिल्लो सिजन कमजोर प्रदर्शन गरेको काठमाडौं यो सिजन पेपसमा निकै बलियो देखिएको छ। अक्सनअघि नै उसले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएकाले उनकै सल्लाहमा काठमाडौंले टिम निर्माण गरेको छ।

जनकपुरविरुद्ध काठमाडौंले करण केसी, भीम सार्की, मोहम्मद अदिल आलम, दिपेश कँडेल, साहब आलम, रसिद खान, प्रतिक श्रेष्ठ, जेरार्ड इरास्मस, मिलिन्द कुमार, सुन्नी पटेल र एन्ड्यू सिम्पसनलाई मैदान उदार्न सक्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]