स्विमर क्याटीले बनाइन् नयाँ इतिहास

5 Aug, 2024

जति बेला प्रत्येक वर्ष अगस्ट ३ आउने गर्छ, क्याटी लुडेकी आफूले त्यही दिन ओलम्पिकको पहिलो स्वर्ण जितेकी थिइन्। त्यति बेला उनी भर्खर १५ वर्षकी थिइन्। हाईस्कुलमा पढिरहेकी थिइन्, अविश्वसनीय रूपमा अमेरिकी टिममा परिन् र लन्डन ओलम्पिकमा पुगिन् ।

त्यहाँ पनि सबैलाई आश्चर्यमा पार्दै महिला आठ सय मिटर फ्रि स्टाइलमा स्वर्ण जितिन् । यो भयो, १२ वर्ष अगाडिको कुरा।

क्याटीले यस्तै काम फेरि एकपल्ट गरेकी छन्। यसपल्ट कोही पनि आश्चर्यमा परेनन् र यो रह्यो, उनले जितेको ओलम्पिकको नवौं स्वर्ण । पेरिस ओलम्पिक २०२४ मा चुमेको यस सफलतापछि उनी लगातार चार संस्करणको ओलम्पिकमा स्वर्ण जित्ने खेलाडी बनेकी छन्।

यस्तो उपलब्धि चुम्ने उनी महिलातर्फकी दोस्रो खेलाडी मात्रै हुन्। पेरिसमा भने उनले जितेको दोस्रो स्वर्ण पनि ।

यसक्रममा उनले नयाँ इतिहास बनाइन् । यसरी उनी नौ स्वर्ण जित्ने छैटौं ओलम्पियन भएकी छन्।

यस्तो उपलब्धि चुम्ने अन्य महान् खेलाडी हुन्, अमेरिकाका पौडीका मार्क स्पिट्ज र एथलेटिक्सका कार्ल लुइससँगै सोभियत संघकी जिम्न्यास्टिक लारिसा लाटनिना र फिनल्यान्डकी धाविका । उनीहरूभन्दा बढी स्वर्ण जित्ने त एकै खेलाडी छन्, अमेरिकी पौडीबाज माइकल फेल्प्स। उनले भने २३ स्वर्ण जितेका छन् ।

आफ्नो खेल जीवनले तय गरेको यात्राको महत्त्वबारे क्याटी आफैं पनि अनभिज्ञ रहेकी छैनन् । उनी भन्छिन्, ‘कहीं न कहीं मैले पहिलो स्वर्ण जित्दाको भिडियो रिप्ले देख्ने गर्छु । अनि जति–जति बेला यसलाई हेर्छु, आफूले आफैंलाई फेरि यस्तै प्रदर्शन गर्नुपर्छ भनेर प्रेरित गर्छु ।’

यसपल्टको स्वर्णका लागि उनले आठ मिनेट ११.०४ सेकेन्डको समय निकालिइन्। लगभग पूरा समयमा उनी एरिआर्ने टिटमुसभन्दा पछाडि थिइन्।

तर, अन्तिम सय मिटरमा उनी निर्णायक अग्रता लिन सफल रहिन्। फेल्प्सले मात्रै एउटा स्पर्धामा लगातार ओलम्पिकमा स्वर्ण जितेका थिए। अब क्याटीले त्यसको पनि बराबरी गरिन्।