ओलम्पिकमा अयोग्य भएपछि भारतीय कुस्ती खेलाडी विनेशले लिइन् सन्न्यास

8 Aug, 2024

पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनल पुगे पछि खेल्न अयोग्य भएपछि भारतीय कुस्ती खेलाडी विनेश फोगाटले खेलजीवनबाट सन्न्यास लिएकी छिन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत सन्न्यासको घोषणा गरेकी हुन्। विश्व च्याम्पियनहरुलाई हराउँदै फाइलन पुगेगी उनी ओलम्पिकको फाइनलमा तौल बढी भएपछि खेल्न अयोग्य भएकी थिइन्।

‘आमा, मलाई कुस्तीले जितेको छ, मैले हारेँ। माफ गर्नुहोला, तपाईंको सपना, मेरो हिम्मत सबै चकनाचुर भएको छ। अब योभन्दा धेरै तागत छैन,’ उलने समाजिक सञ्जालमा लेखेकी छिन्।

कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय खेलाडी उनले फाइनलमै हार बेहोरे उनले रजत जित्ने सुनौलो निश्चित थियो।