अभिनेत्री आना शर्मा एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइजी लुम्बिनी लाभाजको ब्रान्ड एम्बासर बनेकी छिन्।
महिला खेलाडीको सशक्तिकरण, खेलकुदको लोकप्रियता बढाउने र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यसहित लुम्बिनी लाभाजले आनालाई ब्रान्ड एम्बासर बनाएको हो।
फिल्म जेरीबाट उदायकी आना युवापुस्तामा लोकप्रिय नायिका रुपमा चिनिन्छिन्। आनाले लुम्बिनी लाभाजसँग जोडिन पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएकी छिन्।
लुम्बिनी लाभाजकी टिम म्यानेजर स्तुती निरौलाले आनाको सहभागिता टिमको सामाजिक र सांस्कृतिक प्रभाव अझ बलियो बनाउने विश्वास व्यक्त गरेकी छिन्।
लिम्बुनीसँगै लिगका अन्य फ्रेन्चाइजीले स्टार कलाकारलाई ब्रान्ड एम्बासडर बनाएका छन्। डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले महानायक राजेश हमाल, मधेश युनाइटेडले नायिका नीति शाह, पोखा निन्जाजले सनिशा भट्टराईलाई ब्रान्ड एम्बासडर बनाएका छन्।
