कर्णाली यशविसएभरेस्ट महिला भलिबल लिगको फाइनलमा

13 Nov, 2025

डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।

लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो।

जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्।

बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो।

कर्णालीले २५–१५, २५–१२ र २५–१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो।

कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो।

बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]