महिला भलिबल लिगमा काठमाडौंमाथि ललितपुर हावी

30 Sep, 2024
Share:
117 Shares

पहिलो पटक आयोजना भएको एभरेष्ट वुमन्स भलिबल लिगमा ललितपुर क्विन्सले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौं स्पाईकरलाई ३–१को सेटमा हरायो।

खेलको पहिलो सेट ललितपुरले २५–२० जितेको थियो। तर दोस्रो सेट काठमाडौंले २५–२१ले जित्दै खेललाई १–१को अवस्थामा ल्यायो। तर, त्यसपछि दुवै सेट जित्दै ललिपुर विजयी भयो। उसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ले जितको थियो।,

खेलमा ललितपुरको कप्तानी सलिना श्रेष्ठले गरेकी थिइन् भने काठमाडौंको कप्तान उषा भण्डारीले गरेकी थिइन्।

खेलपछि ललितपुरकी कप्तान सलिनाले खेल जिते पनि सुधार गर्नुपर्ने ठाउँ धेरै भएको बताइन्। खेलबाट खुसी नभएको बताउँदै उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन आउन नसकेको बताइन्।

उपाधि जित्ने लक्ष्य रहेको बताउँदै उनले आगामी खेलहरुमा प्रदर्शन सुधार हुने अपेक्षा राखिनन्।