नेपालमा पहिलो पटक आयोजन हुन लागेको महिला फ्रेन्चाइज भलिबल लिग ‘एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभिएल)को ट्रफी सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरिएको हो।
ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ। ट्रफीले नेपालका प्रमुख शहर गुमाइने आयोजकले जनाएको छ।
जसअनुसार १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ।
ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउन डाउन पनि सुरु भएको छ। असोज १४ देखि १९ गतेसम्म राखेप कभर्ड हलमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुने छन्।
टिमका लागि यसअघि नै खेलाडी वितरण गरिसकिएको छ। केही टिमले विदेशी खेलाडी भित्र्याउन मात्र बाँकी छ।