एभरेस्ट महिला भलिबल लिग आजबाट सुरु हुँदै

30 Sep, 2024

नेपालका पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज महिला भलिबल ‘एभरेस्ट महिला भलिबल लिग’ भोलिबाट सुरु हुँदैछ।

काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीचको खेलसँगै लिगको सुरु हुनेछ। खेल त्रिपुरेश्वरस्थित राखेपा कभर्ड हलमा दिउँसो ३ः४५ बजे हुनेछ। काठमाडौंमा उषा भण्डारी र ललितपुरमा सनिला श्रेष्ठ मार्की खेलाडीका रुपमा छन्।

आजै अन्य दुई खेल पनि हुने छन्। जसमा साँझ ५ः४५ बजे मधेश युनाइटेड र कर्णाली याश्विस भीड्ने छन् भने राति ७ः४५ मा हुने खेलमा चितवन शक्ति र पोखरा टाइटन्सबीच भीडन्त हुनेछ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लिग असोज १९ गतेसम्म चल्ने छ।

सिंगल राउण्ड रोविनका हुने लिगका शीर्ष दुई टिम उपाधिका लागि भीड्ने छन्। कुल १६ खेल हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]