एभरेस्ट महिला भलिबल लिग : लुम्बिनीको प्रतिस्पर्धात्मक जित, पोखराको लगातार तेस्रो हार

8 Sep, 2025

एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा लुम्बिनीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो।

खेलको पहिलो सेट २५–१३ ले लुम्बिनीेले जित्यो। तर, त्यसपछि पोखराले उत्कृष्ट पुनरागमन गर्दैै लगातरा दुई सेट २५–२३ र २५–१० ले आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा भने लुम्बिनीले जित निकाल्यो। निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित्यो।

पाँचौं तथा निर्णायक सेटमा लुम्बिनी हावी भयो । लुम्बिनीले १५–१० को सहज जित दर्ता गर्‍यो।

लुम्बिनीको यो पहिलो जित हो। पहिलो खेलमा लुम्बिनी कर्णाली यशविशसँग पराजित भएको थियो।

यता, घरेलु टोली पोखराको भने यो लागतार तेस्रो हार हो। यसँगै उसको अघिल्लो चरण पुग्ने सम्भावना कठीन बनेको छ। पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]