एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजनको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन कर्णाली यशविस र ललितपुर क्विनस भीड्ने भएका छन्।
दुवै टिम पहिलो सिजन पनि फाइनलमा भीडेका थिए। जसमा कर्णाली च्याम्पियन बनेको थियो। दोस्रो सिजनको फाइलनमा शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।
लिगको अन्तिम खेलमा यी दुवै टिम आज भीडेका थिए। जसमा कर्णाली ३–१ले विजयी भएको थियो।
खेलको पहिलो सेट ललितपुरले २५–१७ले जितेको थियो। त्यसपछि कर्णाली लागतार तीन सेट जितेको थियो। जसमा उसले २६–२४, २५–२३ र २७–२५ले जित निकालेको थियो।
यस्तै, काठमाडौं स्पाइकर्स लिगमा तेस्रो बनेको छ। आज भएको खेलमा लुम्बिनी लाभाजलाई हराउँदै काठमाडौं तेस्रो बनेको हो।
सुरुवाती २ सेट जित प्रतिस्पर्धात्मक रूपले गुमाएपनि काठमाडौंले पुनरागमन गरेको हो। काठमाडौंले लुम्बिनीलाई ३–२ को सेटमा हरायो। लुम्बिनीविरुद्ध काठमाडौं २३–२५, २४–२६, २५–१७, २५–१६ र १५–६ को सेटमा जित निकाल्यो।
