विभागीय टिम त्रिभुवन आर्मी क्लबले बुटवलमा भएको मदन भण्डारी गोल्डकप इन्डो–नेपाल भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बुटवल–१०, रामनगरस्थित मैदानमा भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो।
पहिलो सेट पुलिसले २५–१८ले जित्दै फाइलनमा अग्रता बनायो। तर, दोस्रो सेटमा आर्मीले कमब्याक गर्दै २५–१८ले नै जित्यो । तेस्रो पुलिसले २५–२०ले जित्दै फाइनललाई रोमाञ्चक बनायो।
त्यसपछिका दुई सेट आर्मीले २५–२२ र १५–७ले जित्यो उपाधि आफ्नो पक्षमा बनायो।
विजेता आर्मीले ट्रफीसहित ७ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको पुलिसले ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
सेट ब्याकका आधारमा तेस्रो बनेको मणिमुकुन्द भलिबल क्लबले १ लाख ५० हजार र गुजरात स्टेट भलिबलले चौथो बन्दै १ लाख रुपैयाँ प्राप्त गरेको छ।