कर्णाली यशविसले कोचमा कुमार राई र मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दियाे

18 Jul, 2025
Share:
117 Shares

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशविसले प्रशिक्षकमा कुमार राई र मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिएको छ।

कर्णालीले पहिलो संस्करणको कुमारको प्रशिक्षण र सुमित्राकै कप्तानीमा उपाधि जितेको थियो। उसले दोस्रो सिजनका लागि पनि उनीहरुलाई नै निरन्तरता दिएको हो।

क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन्।

सुमित्राले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ।

हेड कोच राई पनि पूराना अनुभवी मानिन्छन्। उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन्।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

लिगका लागि आज अक्सन हुँदैछ । अक्सनबाट प्रत्येक टिमले मार्कीबाहेक ७ खेलाडी टिममा छनोट गर्ने छन्।