आशया बनिन् ललितपुर क्विन्सको गुडविल एम्बासडर

18 Aug, 2025

पूर्वतेक्वान्दा स्टार आयश शाक्य एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइजी ललितपुर क्विन्स गुडविल एम्बासडर बनेकी छिन्।

दक्षिण एसियाली खेलकुदमा तीन पटकको स्वर्ण पदक विजेता आयशालाई क्लबले सोमबार गुडविल एम्बासडर नियुक्ति गरेको हो। क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

महिला भलिबल लिगको पहिलो संस्करणमा पनि उनी ललितपुरकै गुडविल एम्बासडर थिइन्। क्लबसँग सम्झौता नवीकरण गर्न पाउँदा आफू खुसी भएको बताएकी छिन्।

उत्सव खड्का मुख्य प्रशिक्षक रहेको ललितपुरमा सलिना श्रेष्ठ मार्की खेलाडीका रुपमा छन्। यी दुईकै नेतृत्वमा पहिलो संस्कणमा टिम उपविजेता बनेको थियो।

ललितपुरले पहिलो पटक भएको अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई अनुबन्ध गरेको छ।

एभरेष्ट महिला भलिबल लिग यही भदौ २० देखि २८ सम्म हँदै छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]