महिला भलिबल लिगका लागि मधेशले भित्र्यायो डच सुन्दरी भिनस्ट्रा

19 Aug, 2025

आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि मधेश युनाइटेडले डच भलिबल सुन्दरीलाई अनुबन्धन गरेको छ।

निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेशले डच खेलाडी रोमी भिनस्ट्रालाई भित्र्याएको हो। आउटसाइड हिटर भिनस्ट्रा मधेशमा आबद्ध पहिलो विदेशी खेलाडी हुन्।

भिनस्ट्रा नेदरल्यान्ड्सकी उदीयमान युवा खेलाडीका रुपमा परिचित छिन्। आक्रमण र रक्षा दुवै पोख्त मानिने उनी सन् २०२१–२२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन क्लब सुडोसा–डेस्टोबाट व्यवसायिक भलिबल खेल्दै आएकी छिन्। सुडोसा–डेस्टोले अघिल्लो वर्ष युवा राष्ट्रिय च्याम्पियनपसिप जित्दा उनको भूमिका महत्वपूर्ण थियो।

भिनस्ट्रालाई अनुबन्ध गर्न पाउँदा एकदमै खुशी बताउँदै मधेशले उनको आगमनले टिम बलियो भएको बताएको छ।

नेपालको नाम धेरै सुनेको बताउँदै भिनस्ट्राले नेपाल आएर खेल्न आफू एकदमै उत्सुक रहेको बताएकी छिन्।

मधेश युनाइटेडले अक्सनबाट आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा विस्ट, वविता बोहोरा, वसन्ती साउद, स्नेहा ठगुन्नालाई किनेको थियो।

नीति शाहलाई ब्रान्ड एम्बासडर बनाएको मधेशको प्रशिक्षकमा कोपिला उप्रेती रहेकी छिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]