ललितपुर क्विन्सले सलिनालाई रिटेन गर्‍यो

17 Jul, 2025

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ।

गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो कप्तान तथा लिबेरो सलिनालाई रिटेन गरेको हो। उनी पहिलो सिजनको मार्की खेलाडी पनि हुन्।

सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो।

ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ सम्म हुनेछ।

दोस्रो संस्करणको लागि सहभागी टोलीहरूले अक्सन बाट खेलाडी खरिद गर्ने छ।

शुक्रबार दिउँसो अक्सन हुने तालिका रहेको छ। अक्सन बाट प्रत्येक टोलीले ए क्याटेगोरी बाट १, बी बाट ३ र सी बाट ३ गरि ७ खेलाडी खरिद गर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]