पिएम कप एनभिए भलिबलको उपाधि जित्दै हेल्प नेपालले इतिहास रच्यो

30 May, 2025

टिप टप हेल्प नेपालले नवौं संस्करणको पिएम कप एनभीए लिग (पुरुषतर्फ) को उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको छ। यो उपाधि हेल्प नेपालको पाँचौं एनभीए लिग उपाधि हो।

बिहिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले पराजित ग¥यो । यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ । यो जितसँगै टोलीले माल्दिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट पाएको छ।

गत वर्ष नेपालमै सम्पन्न काभा क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपाल र गण्डकीले आमने–सामने प्रतिस्पर्धा गरेका थिए।

पोखराको खचाखच भरिएको कभर्ड हलमा गण्डकी प्रदेश गत वर्षको फाइनलको हारको बदला लिन दृढ देखिएको थियो। सोहीअनुसार उसले खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई सेट २५–२० र २७–२५ को स्कोरमा जितेको थियो।

एक सेट मात्र जिते पुग्ने अवस्थामा रहेको गण्डकीलाई हेल्प नेपालले चमत्कारिक पुनरागमनका साथ रोक्न सफल भयो। बाँकी तीन सेट क्रमशः २५–२२, २५–१४, र १५–८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि सुरक्षित ग¥यो।

गण्डकी प्रदेशले फेरि एकपटक उपाधिको नजिक पुगे पनि जित हात पार्न सकेन। लगातार तेस्रो पटक च्याम्पियन बनेको हेल्प नेपाल यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि विजेता रहन सफल भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]