काभा यू–१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू–१९ राष्ट्रिय महिला भलिबल स्वदेश फर्किएको छ।
टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्रबहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
श्रीलंकमा भएको प्रतियोगितामा नेपाली टिम फाइलनमा ३–२को सेटमा पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो।
चार टिम सहभागी प्रतियोगितामा नेपाल कीर्गिस्तानसँग मात्रै पराजित भएको थियो। नपाल समूह चरणमा पनि कीर्गिस्तानसँग ३–२ले नै पराजित भएको थियो।
