एभरेस्ट महिला भलिबल लिगको अक्सनमा ६८ खेलाडी

17 Jul, 2025
Share:
117 Shares

नेपालको पहिलो फ्रेन्चाइज महिला भलिबल लिग ‘एभरेस्ट महिला भलिबल लिग’ को दोस्रो संस्करण भदौ २० गतेबाट सुरु हुँदैछ।

लिगका लागि खेलाडी वितरणका लागि भोलि अक्सन हुने भएको छ। अक्सनको सबै तयारी पूरा भएको आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ। अक्सन शुक्रबार दिउँसो तीन बजे सोल्टी होटलमा हुनेछ।

अक्सनमा कुल ६८ खेलाडी सहभागी हुनेछन्। सहभागी ६ टिमले ८–८ खेलाडी टिममा अनुबन्धन गर्नेछन्।

आयोजकले अक्सनमा सहभागी ६८ खेलाडीलाई तीन समूहमा विभाजन गरेको छ। जसमा ए समूहमा १३, बीमा ४३ र सीमा १८ खेलाडी छन्।

प्रत्येक टिमले सूरुमा समूह एबाट मार्की खेलाडी छनोट गर्ने छन्। केही टिमले पहिला कै मार्की खेलाडीलाई निरन्तरता दिएका छन्। त्यसपछि प्रत्येक टिमले समूह एबाट तथा बी र सीबाट समान ३ खेलाडी अक्सनबाट लिने छन्।

ओजकका अनुसार एमा अनसोल्ड हुने खेलाडी बीमा र बीमा अनसोल्ड हुने खेलाडी सीमा घटुवा हुने छन्।

लिगमा डिफेन्डिङ च्याम्पियन्स कर्णाली यशविस, ललितपुर क्विनस, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले प्रतिस्पर्धा गर्नेछन्र