विभागीय टिम नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।
त्रिपुरेश्वस्थित राखेप कर्भड हलमा भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पुलिसले २५–१९, १७–२५, २५–१५ र २५–१३ ले आर्मीलाई पराजित गरेको हो।
राउन्ड रोबिन अन्तर्गत भएको प्रतियोगितामा यस जितसँगै पुलिस ३ खेलमा ६ अंकसहित फाइनल प्रवेश गरेको हो।
अब पुलिसले आजै हुने एपिएफ क्लब र चन्द्रागिरी न्युडाइमण्ड क्लबबीचको विजेता उपाधिका लािग खेल्ने छ। फाइनल शनिबार हुनेछ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार पाउनेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार पाउनेछ ।