नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्क

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आइपुगेका छन्। सोमबार दिउँसो ४ बजे बार्क नयाँ दिल्लीबाट नेपाल आएका हुन्। अध्यक्ष बार्कलाई त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनबहादुर सिंंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए। चैत ८ गतेसम्म नेपालमा रहँदा बार्कले त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्ने […]

पुलिसको पुरुष टिम आरबीबी एनभिए भलिबलको क्वाटरफाइनलमा

विभागीय नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले बुढानिलकण्ठमाथि २५–१९, २५–१४ र २५–२२ को सहज जित निकाल्यो। त्यस्तै सोमबार […]

आइसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन्। भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन्। उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, […]

रोयल च्यालेन्जर्स बैंग्लोरले जित्यो वुमन्स प्रिमियर लिग उपाधि

भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो। समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो। वुमन्स लिगमा सधैं बैंग्लोरमाथि हावी भएको दिल्लीले फाइनलमा भने मौका गुमाएको हो। यसअघि पाँच पटक […]

म्यान्चेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइलनमा

म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल पुग्ने क्रममा युनाइटेडले लिभरपुललाई र चेल्सीले लेस्टर सिटीलाई हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ४–३ ले हरायो। युनाइटेडले खेलमा २ पटक पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। खेलमा अग्रता भने युनाइटेडले लियो। स्कट म्याकटोमिनेले १०औं मिनेटमा गोल गर्दै युनायटेडलाई अग्रता […]

इरानी खेलाडीलाई हराउँदै पलेशा पेरिस ओलम्पिकमा छानिइन्

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छिन्। चीनमा भइरहेको एसियन छनोटमा पलेशाले के–४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै यसै वर्ष पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन्। पलेशाले आइतबार सम्पन्न फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५–४ ले पराजित गरिन्। त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी […]

भिनिसियस चम्किँदा रियलको सानदार जित, शीर्ष स्थानमा १० अंकको अग्रता

ब्राजिलियन स्टार भिनिसियस जुनियरको दुई गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई ४–२ ले हरायो। ओसासुनाको मैदानमा भिनिसियसले खेलको चौथो मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाए। तर सातौं मिनेटमा एन्टे बुडिमिरले गोल गर्दै ओसासुनालाई खेलमा फर्काए। १८औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाए। […]

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो। सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे। सिल्भाले १३औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१औं मिनेटमा थपे। […]

टोटनहममाथि फुलहमको सानदार जित

इंग्लिस प्रिमियर लिगमा फुलहम विजयी भएको छ। शनिबार राति भएको खेलमा फुलहमले टोटनहयामलाई ३–०ले हरायो। फुलहमको जितमा रोड्रिगो मुनेजले २ गोल तथा सा लुकीले एक गोल गरे। खेलको ४२औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। ४९औं मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलहमले अग्रता दोब्बर बनायो। ६१औं मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो […]

वाफ च्याम्पियनसिपमा तहल्का मच्चाएको महिला फुटबल टिमलाई गुरुङले दिए १० लाख

साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल–११ का यमबहादुर गुरुङ (यम तमु) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ दिएका छन्।साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको प्रदर्शनबाट प्रभावित भएकाले महिला टोलीलाई १० लाख रुपैयाँ दिएका हुन्। उनले उक्त रकम अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय […]

Back To Top