Friday, October 9, 2026

काठमाडौं। नेपाली फुटबलका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष पूरा गरेका छन् । यो कोर्ष पूरा गरेसँगै उनी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

फुटबल अस्ट्रेलिया र एसियन फुटबल महासंघ ९एएफसी० बाट मान्यता प्राप्त यो कोर्ष व्यावसायिक फुटबलको उच्च तहमा प्रशिक्षण दिन चाहने प्रशिक्षकका लागि तयार गरिएको थियो ।

कोर्षमा उन्नत प्रशिक्षण रणनीति, नेतृत्व, व्यावसायिक वातावरणमा प्रशिक्षक टोली व्यवस्थापन तथा खेलाडी विकासलगायतका विषय समेटिएका थिए ।

साहुखलको कोर्ष सिड्नी फुटबल एसोसिएसनअन्तर्गत सञ्चालन भएको थियो । एक वर्ष अवधिको कोर्ष चार चरणमा सम्पन्न भएको हो ।