अर्जुन कुलुङले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि

15 Mar, 2025

मञ्जुश्री ट्रेल रेसको उपाधि नेपालका अर्जुन कुलुङ राईले जितेका छन्।

खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को १०० माइलको रेसमा निर्धारित दूरी अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले आफ्नै कीर्तिमान तोड्दै लगातार दोस्रो पटक उपाधि जिते ।

नेपालकै मिलन कुलुङ राईले २८घण्टा १५ मिनेट २५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ घण्टा ४७ मिनेट ०६.२ सकेन्डसहित तेस्रो भए।

विजेता बनेका अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, एक सय किमी दौडमा विशाल राई च्याम्पियन बने । उनले निर्धारित दुरी १३ घण्टा २९ मिनेट ०४ सकेन्डमा पुरा गरे। गोपाल तामाङ दोस्रो र निरोज भट्ट तेस्रो बने।

महिलातर्फ एक सय किमी दौड रसिला तामाङ पहिलो, छोकी शेर्पा दोस्रो र फ्लेर मोउतज्व तेस्रो भए।

एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]