एसियन गेम्स : तेक्वान्दोमा नेपालका अञ्जली र राहुल दुवै पराजित
१९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन्। महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे पनि अन्तिम १६ को खेलमा पराजित भइन् । महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित…