एरिकाले कराते वान लिगमा कास्यका लागि खेल्ने, सेमिफाइनलमा स्पेनिस खेलाडीसँग पराजित

1 Jun, 2025
Share:
117 Shares

नेपालकी स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कास्यद पदका लागि खेल्ने भएकी छिन्।

लिगमा सानदार प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेकी एरियका सेमिमा स्पेनकी खेलाडीसँग पराजित भएपछि फाइनल पुग्न भने असफल भइन्।

सेमिफाइनलमा स्पेनिस खेलाडी मारिया टोरेस गार्सियासँग ५–५ को टाई भएपछि सेन्सुका आधारमा एरिका फाइनल पुग्न असफल भइन्।

सेमिमा पारजित भएपछि एरिकाले कांस्य पदकका लागि खेल्ने भएकी हुन्। अब उसले अर्को सेमिफाइनलमा पराजित हुनेसँग कास्यका लागि खल्ने छिन्।

मोरोक्कोको रावतमा भइरहेको कराते लिगमा एरिकाले टर्की, इटलीका खेलाडीलाई हराएकी थिइन्।