महिला फ्रेन्चाइज भलिबल लिगको ‘एभरेस्ट महिला भलिबल लिग’को दोस्रो संस्करणको अक्सन साउन २ गते हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले समाजिक सञ्जानल मार्फत यसको जानकारी दिएको हो।
सहभागी ६ टिमले यही अक्सनमार्फत लिगका लागि टिम चयन गर्नेछन्। फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई चयन गर्ने अवसर पाउनेछन्।
इन्फिनिटी ड्रिम्सले यो अक्सन नेपाली महिला भलिबलका लागि ऐतिहासिक मोड भएको बताउँदै यसले खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गराउने जनाएको छ।
ईडब्लूभीएलको दोस्रो संस्करणमा भदौ २० देखि हुनेछ । लिगमा कर्णाली यसविस, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेस युनाइटेड सहभागी छन्।
पहिलो संस्करणको उपाधि कर्णाली याशविसले जितेको थियो।
