राजेश हमाल बने कर्णाली यशविसको ‘ब्राण्ड एम्बेस्डर’

19 Jul, 2025
Share:
117 Shares

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यशविसले महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर बनाएको छ।

कर्णाली यशभिसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झैता पत्रमा हस्तक्षर भएको छ। शनिबार सम्झौता भएपनि हमलमा शुक्रबार भएको लिगको अक्सनमा कर्णालीको टेबलमा देखिएका थिए।

राजेश हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा डिफेन्डिङ च्याम्पियन कर्णालीले जनाएको छ।

हमालले कर्णाली यशभिसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर आफूलाई दिएकोमा खुसी व्यक्त गरे। उनले आफूले पनि जीवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गरे।

कर्णाली यशभिसले दोस्रो सिजनका लागि पनि प्रशिक्षकमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ।

कर्णालीले शुक्रबार भएको अक्सनबाट टिममा सफिया पुन, रश्मित दुरा, जश्ना महतो, पुजा थारु, नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजुलाई लिएको छ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।