थाइल्यान्डकी पट्राथिप सान्त्रकून पुनः ललितपुर क्विन्समा आबद्ध

17 Aug, 2025
Share:
117 Shares

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डकी पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ।

पहिलो संस्करण ललितपुरबाटै खेलेकी उनलाई ललितपुर क्विन्सले दोस्रो सिजनका पनि अनुबन्धन गरेको हो। पहिलो सिजन ललितपुरलाई उपविजेता बनाउन उनको भूमिका थियो।

गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको दोस्रो संस्करणको उपाधि जित्ने लक्ष्य रहेको बताइन्।

‘अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौं, त्यो चोट अझै ताजा नै छ। पहिलाको कमी कमजोरी सुधारी यो संस्करणको हामी उपाधि जित्ने प्रयत्न गर्ने छौं,’ उनले भनिन्।

सान्त्रकूनले पहिलो भ्रमणमा नै मैले दर्शकको धेरै माया र साथ पाएको बताइन्। आफूलाई विश्वास गरी फेरि पनि नेपाल बोलाएकोमा भएकोमा उनले ललितपुर क्विन्स परिवार प्रति आभार व्यक्त गरेकी छन्।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की प्लेयर रहेको ललितपुर क्विन्सले दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिग यही भदौ २० देखि २८ सम्म हुने छ ।

क्विन्समा संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, लसिना बुढा मगर, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् ।