मधेश युनाइटेडले भित्र्यायो अर्की डच सुन्दरी

22 Aug, 2025
Share:
117 Shares

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चइजी टिम मधेश युनाइटेडले अर्की डच भलिबल सुन्दरीलाई अनुबन्धन गरेको छ।

उसले तेस्रो विदेशी खेलाडीका रुपमा आउट साइड हिटर किर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको हो।

यसअघि उनले नेदरल्यान्ड्सकै रोमी भिन्स्ट्रा र डानिक आर्डेमालाई अनुबन्ध गरेको थियो।

२६ वर्षीय वेसेल्स आक्रमण र डिफेन्स दुवैमा उत्तिकै पोख्त छिन्। नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टबाट खेलिसकेकी उनी अहिले सुडोसा–डेस्टो क्लबमा आबद्ध छिन्। नेदरल्याण्ड्सको यू–१९ र यू–२० टिमबाट खेलेपनि उनले राष्ट्रिय टिमबाट भने खेलेकी छैनन्।

मधेश युनाइटेडमा अनुबन्ध हुन पाउँदा आफु निकै उत्साहित रहेको वेस्सेल्सले बताएकी छन्। नेपालमा सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने उल्लेख गरेकी छिन्।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन् भने कोपिला उप्रेती मुख्य प्रशिक्षकमा छिन्। यस्तै ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म ९सेप्टेम्बर ५(१३० पोखरामा हुनेछ।