ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्सको साथ

23 Aug, 2025
Share:
117 Shares

एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्युरेन्स लिमिटेडबीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ।

काठमाडौँ स्थित आईजीआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आईजीआईका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी प्रयोजनलाई औपचारिकता दिए ।

सम्झौता अनुसार ललितपुरले आफ्नो म्याच जर्सीमा आईजीआईको लोगो समावेश गर्ने छ भने आईजीआईको प्रचार प्रसारमा सहयोग गर्ने छ।

सम्झौताको दौरान ललितपुर क्विन्सलाई साथ दिन पाउँदा आईजीआई खुसी रहेको साथै प्रतियोगितामा ललितपुरको उच्च प्रदर्शन रहनेमा आफूहरू विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

ललितपुर क्विन्सलाई विश्वास गरि साथ दिनु भएकोमा क्लबका अध्यक्ष पराजुलीले सम्पूर्ण आईजीआई परिवारलाई धन्यबाद व्यक्त गर्दै टोलीको प्रदर्शन यो संस्करण पनि उत्कृष्ट रहने प्रतिबद्धता जनाए।

ललितपुरमा मार्की खेलाडीका रूपमा सलिना श्रेष्ठ छिन् भने टिममा संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा छन्।

उत्सव खड्का मुख्य प्रशिक्षक रहेकाे ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।