एभरेस्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

6 Sep, 2025
Share:
117 Shares

वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजबाट पोखरामा सुरु भएको छ। पोखरा कभर्ड हलमा सुरु भएको लिगमा पहिलो संस्करणका फाइनलिस्ट कर्णाली यशविस र ललितपुर क्विन्स विजयी भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कर्र्णालीले घरेलु टोली पोखरा निन्जाजलाई ३–०को सोझो सेटमा हरायो। कर्णालीले पोखरालाई २५–२१, २५–०, २५–१४ ले सेटमा हरायो ।

कर्णालीलाई विजयी सुरुआत दिलाउने क्रममा ग्रीसका एभानजेलिया चान्टाभाको उत्कृष्ट प्रदर्शन गरिन्।

यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३–० कै सोझो सेटमा हरायो।

ललितपुरले पहिलो सेट २५–१७ ले जित्यो भने दोस्रो सेट २५–१३ र तेस्रो २५–१९ ले आफ्नो पक्षमा बनायो।