एभरेष्ट महिला भलिबल लिगमा कर्णालीले लागतार दोस्रो जित निकाल्दा मधेशको पहिलो जित

7 Sep, 2025

एभरेष्ट महिला भलिबल लिगमा डिफेन्डिङ च्याम्पियन कर्णाली क्विन्सले लागतरा दोस्रो जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको खेलमा कर्णालले लुम्बिनी लाभाजलाई हरायो।

कर्णालीले लुम्बिनीमाथि ३–१ सेटमा हरायो। पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पुनरागमन गर्दै त्यसपछि लगातार तीन सेट जितेको थियो। कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जितको थियो।

कर्णालीको यो लागातार दोस्रो जित हो भने लुम्बिनीको पहिलो हार। पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई हाराएको थियो।

यस्तै, शनिबार नै भएको अर्को खेलमा मधेश युनाइटेड विजयी भयो। उसले पोखरालाई ३–० को सोझो सेटमा हरायो। उसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जितको थियो।

मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्स तथा दोस्रो खेलम पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]