सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एभरेष्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित

पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा काठमाडौं स्पाईकर्सले पहिलो जित निकालेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटमा हरायो।

पहिलो सेट २६–२४ ले जितेको काठमाडौंमाले दोस्रो सेट २३–२५ले गुमाएको थियो। तर, त्यसपछि लागतार दुई सेट जित्दै काठमाडौंले पहिलो जित निकाल्यो। काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जितेको थियो।

काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए। मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो।

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ।

1.3Kशेयर