माल्दिभ्समाथिको सानदार जितसँगै नेपाल काभा यू-१९ महिला भलिबलको फाइनलमा, उपाधि भीडन्त कीर्गिस्तानसँग

8 Nov, 2025
Share:
117 Shares

नेपाली महिला भलिबल टिम काभा यू–१९ महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा माल्दिभ्समाथि ३–०को सोझो सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालले माल्दिभ्समाथि तीनै सेटमा एकपक्षीय जित निकालेको थियो। जसमा नेपालले पहिलो सेट २५–११, दोस्रो २५–३ र अन्तिम सेट २५–५ ले जितेको थियो।

अब नेपालले उपाधिका लागि कीर्गिस्तानसँग खेल्ने छ। ऊ श्रीलंकालाई ३–०कै सेटमा हराउँदै फाइनल पुगेको हो।

नेपाललाई फाइनलमा बदला लिने अवसर पनि छ। नेपाल समूह चरणमा किर्गिस्तानसँग ३–२को सेटमा पराजित भएको थियो। फाइनल भोलि हुनेछ।