सामग्रीमा जानुहोस्
शनिबार, कात्तिक ७, २०८३

एनपिएलको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो । बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट भएका हुन् ।

कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले विभिन्न चरणका खेलअनुसार टिकटको मूल्य निर्धारण गरेको छ ।

क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस्

1.6KShares