पुलिसलाई हराउँदै एपिएफले जित्यो महिला भलिबलको उपाधि

27 Apr, 2024

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो।

खेलमा एपिएफले २५–२२ ले जित्यो । त्यसपछि उसले दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–१९ले जित्यो।

उपाधिसँगै एपिएफले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँ पायो।

त्यस्तै प्रतियोगीतामा तेस्रो भएको न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो भने तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]