हेल्प नेपालले जित्यो पिएम कप भलिबल लिगको उपाधि

8 Jun, 2024
Share:
117 Shares

हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।

पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो।

तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो।