भरतले पेरिस पारालिम्पिक खेल्ने

19 Jun, 2024
Share:
117 Shares

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक खेल्ने भएका छन्। उनले वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिक खेल्ने भएका हुन्।

पेरिस पारा ओलम्पिकका लागि छनोट भएका उनी नेपालका दोस्रो खेलाडी हुन्। उनी के४४ विधाको ५८ केजीमुनिको तौल समूहका खेलाडी हुन् ।

यसअघि एसिया क्वालिफायर जित्दै पलेशा गोबर्धनले पेरिस यात्रा पक्का गरिसकेकी थिइन्।

दार्चुला अपीहिमाल गाउॅपालिका ८ का भरतसिंह डेढ वर्षदेखि राष्ट्रिय पारा तेक्वान्दो टिममा रहेर प्रशिक्षण गरिरहेका थिए। गत चैतमा चीनको तायनमा भएको पेरिस पारा ओलम्पिकको एसियाली छनोटमा पलेशा, भरतसिंह र अमिर भ्लोनले भाग लिएका थिए।

पलेशा स्वर्ण जित्दै सिधै छनोट भइन् भने भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए।

नेपाल तेक्वान्दो संघ र नेसनल पारालम्पिक कमिटी नेपालले गत मे महिनामा भरत र अमिरका लागि वाइल्ड कार्डलाई आवेदन दिएका थिए।

पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुनेछ।