काभा यू–२० भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टिमको घोषणा

3 Jul, 2024
Share:
117 Shares

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ।

नेपाल भलिबल संघले बुधबार च्याम्पियनसिपका लागि १२ सदस्यीय महिला भलिबल टिमको घोषणा गरेको हो।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन्।

बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन्।

यस्तै, लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए भने सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री टिममा छन्।

टिमको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन्।

माल्दिभ्सको राजधानी मालेमा हुने प्रतियोगिता असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।